ललितपुर । ललितपुर प्रहरीले भैसेपाटी क्षेत्रमा चोरी भएका मोटरसाइकल र पार्टस बिक्री वितरण गर्ने गिरोहको पर्दाफास गर्दै चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुई जना भारतीय नागरिक छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुर र प्रहरी प्रभाग बुंडमतीबाट खटिएको टोलीले मिति २०८२।०९।२९ गते किर्तीपुर नगरपालिका–६ चोभारस्थित KAZEE MOTORCYCLE WORKSHOP मा खानतलासी गर्दा चोरी भएका मोटरसाईकल र पार्टस बरामद गरेको हो।
पक्राउ परेका व्यक्तिहरू:
१. सन्तोष चौधरी, २२ वर्ष, बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका–६
२. काजिम शेख, २३ वर्ष, मोतिहारी, भारत (वर्कशप सञ्चालक)
३. संजय रावत, १८ वर्ष, रौतहट जिल्ला, गरुडा नगरपालिका–६
४. नाजिम शेख, २४ वर्ष, मोतिहारी, भारत
बरामद सामग्री:
मोटरसाईकल २ थान (इन्जिन नं. HA10EHB9FO4668 र ME4KC49AMA8030349)
मोटरसाईकल इन्जिन २ थान र ट्याङ्की ४ थान
व्याट्री ३ थान
रङ्ग लगाउन प्रयोग हुने Paint Spray का डिब्बा ५ थान
विभिन्न मोटरसाईकल र स्कुटरका टायर, सिट, भाइजर, लेगार्ड, सक, साइलन्सर
मूल्य अनुमानित रु. ७,५०,००० बराबर
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू चोरी गरिएका मोटरसाईकल र पार्टस बिक्री वितरणमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। थप अनुसन्धान जारी छ।







प्रतिक्रिया