ललितपुर । जिल्ला पर्सा जिराभवानी गाउँपालिका–४ बस्ने २९ वर्षीय गणेश महतो थारु लाई बैकिङ कसुर मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको छ।
अदालतले उनलाई दुई दिन कैद र रु. १५,००० जरिवाना हुने ठहर गरेका थिए। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मिति २०८२।०९।२९ गते महतो थारुलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।
प्रहरीका अनुसार फरार प्रतिवादीको खोजतलासपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।







प्रतिक्रिया