काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भिमसेनगोला मार्गमा डेरा गरी बस्ने ५५ वर्षीय टेकबहादुर खत्रीको कोठाबाट धनमाल चोरी भएको छ ।
खत्रीको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेकाले निजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।







प्रतिक्रिया