२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको लुकुनी बेशी माथिल्लो आश्राङ्ग मोटरबाटो ढलान



ललितपुर

बागमती प्रदेश सरकार र बागमती गाउँपालिकाको समपूरक बजेटअन्तर्गत बागमती गाउँपालिका ६ आश्राङ्गस्थित लुकुनी बेशी–माथिल्लो आश्राङ्ग मोटरबाटो ढलान कार्य सुरु भएको छ।

उक्त योजनाका लागि बागमती प्रदेश सरकारबाट २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। समयमै टेन्डर आह्वान गरी योजना कार्यान्वयनमा ल्याएको हो ।

https://www.youtube.com/@lalitkhabar

स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण मानिएको यस मोटरबाटो ढलानपछि आवागमन सहज हुने, स्थानीय जनजीवनमा सुधार आउने तथा आर्थिक गतिविधि प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाहरूले लामो समयदेखि माग गर्दै आएको उक्त सडक ढलान कार्य सुरु भएसँगै विकास निर्माणप्रति आशा र उत्साह बढेको बताएका छन्।

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।