काठमाडौं । मकवानपुरको जुरिखेतमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०१–०२६ च ३८९० नम्बरको कार भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका तीनै जनालाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको थियो। हाल घाइतेहरूको अवस्था सामान्य रहेको र अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ४ किलोमिटर पूर्व–उत्तर दिशामा पर्ने बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया