३ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागढुंगाबाट खैरो हेरोइनसहित युवक पक्राउ



काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका २५ वर्षीय कृष्णबहादुर कुँवर छन् ।

धनगढीबाट काठमाडौं आएको यात्रुवाहक बसमा सवार कुँवरको साथबाट ६ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कुँवरले लगाएको ज्याकेटको खल्तीबाट सो खैरो हेरोइन बरामद गरेको हो । उनीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।