२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर ठिमी तेर्सेटारमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको गरे हत्या



भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले शुक्रबार आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मध्यपुर ठिमी– ३ तेर्सेटारमा डेरा गरी बस्ने धनुषा, मिथिला नपा– ११ की ५० वर्षीया सरिता भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीणले गरेको भक्तपुरका प्रहरीले जनाएको छ । प्रवीण लामो समयदेखि डिप्रेसनका बिरामी थिए ।

उनीहरु नारायण बोहराको तीन तले घरको पहिलो तलामा डेरा गरी बस्दै आएका थिए । मृतक भण्डारीको घाँटीको बायाँ भाग र टाउकोमा काटिएको थियो । आमाको हत्यापछि प्रवीणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरेका थिए । उनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।