२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेन र हर्क साम्पाङले दिए राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। शाहले उपप्रमुखलाई राजीनामा बुझाएका हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्। उनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

राजीनामा दिने निर्धारित तालिका रहे पनि यसअघि केहीबेर अलमल भएको थियो। तर, बाँकी चुनावी तयारीमा आफूलाई केन्द्रित गराउन उनले आजै राजीनामा दिएका बताइएकाे छ।

यसैबीच धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।