काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री रञ्जु दर्शनाले मनोनयनपत्र दर्ता गराएकी छन् । मंगलबार (माघ ६) उनले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएकी हुन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति काठमाडौं–१ बाट रञ्जुसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रलगायत नेता उमेदवार बन्दै छन् ।








प्रतिक्रिया