९ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं १० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुई जनाको उम्मेदवारी खारेज गरिएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं–१० का उम्मेदवार सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको जानकारी पाएपछि जाँच गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी खारेज गरिएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । यही माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ जनाको उम्मेदवारी कायम भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०८२, बिहिबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।