१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर १ मा राणा परिवार, सधैभरि सासंदको उम्मेदवार



 

ललितखबर

दक्षिण ललितपुरको भूगोल समेटिएको क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तवर्लबाट उदयशम्सेर राणा च्नावी मैदानमा छन् ।
नेपाली काँग्रेसले २०५६ सालको प्रजातन्त्र पुनस्थापनापछि ललितपुर १ मा सधैभरि राणा परिवारलाई सासंदको उम्मेदवार बनाइरहेको छ । २०४८ सालदेखि २०५६ सालसम्म वावु सागरशम्सेर राणा यस क्षेत्रका उम्मेदवार बनिरहे । २०४८, २०५२ र २०५६ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेसले राणालाई उम्मेदवार बनेका थिए । २०४८ र २०५२ सालमा दक्षिण ललितपुरका बासिन्दा समेत रहेका नेकपा एमालेका मिठाराम शर्मा बजगाईले राणालाई पराजित गरेका थिए । २०५६ सालमा सुशीला नेपालले उनलाई पराजित गरेका थिए ।

२०६४ सालको संविधान सभा सदस्यमा ललितपुर १ मा नेपाली काँग्रेसले सागरशम्सेर राणाका छोरा उदयशम्सेर राणालाई उम्मेदवार बनायो । यस निर्वाचनमा नेकपा माओवादीका वर्षमान पुनले उनलाई पराजित गरे । २०७० सालको निर्वाचनमा फेरि काँग्रेसले उनै राणालाई उम्मेदवार दोहो¥यो । उनी पहिलोपल्ट ललितपुरबाट सासंद बन्न सफल भए । उनले निकटम प्रतिश्पर्धी नेकपा एमालेका मधुसुधन पौडेललाई पराजित गरेका थिए ।

२०७४ सालमा राणा तेश्रोपल्ट उम्मेदवार रहेको अवस्थामा नेकपा एमाले र माओवादी गठबन्धनका उम्मेदवार नवराज सिलवालले पराजित गरे । चौथोपल्ट २०७९ सालमा फेरि राणा नै काँग्रेसको उम्मेदवार बनेर मैदानमा आए । नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई पराजित गर्दै राणा दोश्रोपल्ट संसदमा पुगेका थिए । उनलाई सो समयमा पार्टीले अर्थराज्यमन्त्री समेत बनाएको थियो ।

सरकारले घोषणा गरेको २०८२ साल फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा फेरि पाँचौपल्ट नेपाली काँग्रेसका सहमामन्त्री समेत रहेका उदयशम्सेर राणा ललितपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनी पार्टीले गगन थापा पक्षले आयोजना गरेको विशेष महाधिवेशनलाई समर्थन गरेर सहभागी भएपछि सहमन्त्री समेत बन्न सफल भए । पदाधिकारी पदमा पुगेपछि पुस्तान्तरणको नारामा आएको नयाँ नेतृत्वले ललितपुर क्षेत्र नं.१ मा भने पुस्तान्तरण आवश्यक देखेन । अन्नतः राणा पाँचौ पल्ट र पारिवारको आठौं उम्मेदवार बने ।

ललितपुर क्षेत्र नं. १ मा निरन्तर राणा परिवारले मात्रै उम्मेदवार बन्ने बेथितीप्रति दक्षिण ललितपुरका काँग्रेस सदस्यहरु असन्तुष्ट रहेको एक नेता बताउछन् । ललितपुर महानगरका स्थायी बासिन्दा राणा दक्षिण ललितपुरको माटोमा भिजेको नेता समेत होइनन् । यहाँका जनताको सुख दुःखमा उनी थोरै सहभागी रहने गरेको समेत पार्टी पङ्तीमा गुनासो रहने गरेको छ ।

नेपाली काँग्रेस ललितपुरमा पुस्तान्तरण नहुँदा यहाँका नेताहरु विस्तारै निक्रिय बनेको र पार्टीमा नयाँ उर्जाको कमी भइरहेको प्रश्न उठ्न थालेको छ । यस पल्टको निर्वाचनमा राणा पराजय बन्ने आशंका गर्दै राणाले ललितपुरको विकासमा दिर्घकालीन योजना नल्याएको भन्दै आलोचना सुरु भएको छ ।

 

प्रकाशित मिति : १९ माघ २०८२, आइतबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।