२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा निर्वाचन प्रचारको क्रममा अनौठा दृश्य



चापागाँउ
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा आजकल प्रचार अभियान सुरु गरिएको छ । निर्वाचन कार्यक्रम अनुसार फागुन ४ गतेभन्दा अघि बैठक,भेटघाट र बस्ती बस्तीमा उम्मेदवारहरुले चलाइरहेका छन् ।
निर्वाचन प्रचारकै क्रममा ललितपुरमा केही अनौठा दृश्यहरु देखिएका छन् । कतै भड्किलो प्रचार भइरहेको छ भने कही कतै फण्डा र रमाइला दृश्य देख्न पाइएको छ ।
ललितपुर क्षेत्र नं. १ बाट नेपाली काँग्रेस पार्टीबाट पाँचै पटक उम्मेदवार बनेका उदयशम्सेर राणा भड्किलो प्रचार गर्दै गाँउ पसेका छन् । उनको साथमा कार्यकर्ताहरु झण्डा र चुनाव चिन्ह प्रर्दशन गर्दै बस्ती पसेका छन् । उम्मेदवार राणालाई खादा माला लगाएर सिंगारिएको छ । ठाँउ ठाँउमा पार्टीको झण्डा र चुनाव चिन्हको रंग भरेर सडकमै आकृति बनाइएको छ । राणा नाराबाजी र तामझामसहित मतदातामाझ रवाफ देखाइरहेका छन् ।
उता यसै क्षेत्रका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल भने गाँउलेसँग कमै भटमास खाँदै हिडिरहेका छन् । उनी ठाँउ ठाँउमा नाचेका र कार्यकर्ताले झण्डा बोकेको देख्न सकिन्छ ।
रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जन पनि पछिल्लो समय गाँउ पसेका छन् । उनी गाँउमा कही गुन्द्रिक र ढिडो खाइरहेका देखिन्छन् । मालामा सजिएका उनलाई चुनाव चिन्ह सडकमा बनाएर स्वागत गरेको देख्न सकिन्छ ।
हतमा माइक र फ्लेक्स बोकेर गाँउ पसेका पिपुल्स फस्ट पार्टीका ललितपुर १ का उम्मेदवार सनोज महतको पारा अलि बेग्लै छ । उनले आफ्नो चुनावी माओल सामाजिक सञ्जालमा चर्कोसँग बहस गरेर सुरु गरेका छन् । उद्यमी र व्यवासायीको मुद्दालाई उनले विषेश चासो देखाएको सन्दर्भमा उनीविरुद्ध कमेन्टको बर्षा भइरहेको छ । मतदाताको कमेन्टलाई व्यङ्य गर्दै महतले सामाजिक सञ्जालमा यसरी लेखे– ‘एउटा पागल, कुकुर दलाल व्यावसायीको मतियार खानी÷क्रसर, उद्योग र अर्थतन्त्रबारे आफ्नो धारणा राख्न आउदैछ ।’
एता ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार राधे खड्काको प्रचार पनि अनौठो छ । उनी सामाजिक सञ्जालमार्फत मतदातालाई आफूलार्इं भोट नहाल्न भनिरहेका छन् ।

 

प्रकाशित मिति : २९ माघ २०८२, बुधबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।