चापागाँउ
बुद्धरत्न महर्जन दक्षिण ललितपुरको राजनीतिमा नयाँ नाम हो । २०७९ सालमा भएको प्रतिनिधिसभा निमार्चनमा उनी ललितपुर क्षेत्र नं.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार थिए । महालक्ष्मी नगरका रैथाने महर्जन दक्षिण ललितपुरको भूराजनीतिबारे साक्षर पक्कै छन् तर भुक्तभोगी होइनन् । उनी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
दक्षिण ललितपुरको राजनीतिमा नचिनिएको नयाँ अनुहार कसरी आयो होला ? धेरैलाई पक्कै जिज्ञाशा छ । दोलखा जिल्ला घर भएका इमेज च्यानल टेलिभिजनमा हट सिट नामको अन्र्तवार्ताकारको रुपमा परिचय बनाएका सञ्चारकर्मी जगदिश खरेल पछिल्लो समय महालक्ष्मी नगरमा बस्छन् । राजनीतिक दलसँगको हिमचिम र पछिल्लो राजनीतिक सरगर्मीका कारण उनमा राजनीति गर्ने इच्छा जाग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको आर्शिवाद पाएका उनले ललितपुर क्षेत्र नं. २ रोजे । पार्टीका सभापतिको जोडबलमा उनी उम्मेदवार बने । यस क्षेत्रका प्रभावशाली राजनीतिक पहुँच भने बुद्धरत्नको थियो । उनी उम्मेदवार बने यस क्षेत्रबाट विजयी हुने अवस्थामा उनलाई हटाइयो । केन्द्रकै हालीमुहालीका कारण उनी दक्षिण ललितपुर रोज्नु पर्ने अवस्था आएको हो । हुन त दक्षिण ललितपुरबाट सुरेन्द्र बजगाईलगायत उम्मेदवारको कुरा नउठेको होइन तर सञ्चारमन्त्री समेत रहेका खरेलको प्रभावका कारण केही लागेन ।
कस्तो छ बुद्धरत्नको अवस्था ?
बुद्धरत्न दक्षिण ललितपुरको माटोमा भिजेका नेता होइनन् । चिनजानको राजनीतिक पात्र नभएकाले यहाँका जनता आपत पर्दा काम लाग्ने नेताको रुपमा उनलाई चिन्दैनन् । यहाँका स्थानीय नेताहरु समेत उनलाई नचिन्ने बताउछन् । त्यसैले बुद्धरत्नका लागि दयाँ र मायाँको भोट पाउन गाह्रो छ ।
नेवारी समुदायको जातीय भोट समेत दक्षिण ललितपुरमा तुलनात्मक रुपमा थोरै छ । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दल भएकाले पनि कार्यकर्ता पङ्ती बलियो बन्ने क्रममा रहेकाले कमजोर नै छ । रास्वपाले दक्षिण ललितपुरमा माटोले भिजेको र प्रभाव राख्न सक्ने नेतालाई टिकट दिएन । दक्षिण ललितपुरको सुख दुःखमा बाँचेको नेता नहुँदा उनको प्रभाव थोरै देखिन्छ । उनलाई यहाँ टुरिष्ट नेताको रुपमा चित्रण गर्ने जमात ठूलो छ ।

बुद्धरत्नले दक्षिण ललितपुरको विकासकाु कुनै भिजन सार्वजनिक गरेका छैनन् । उनको राजनीतिक प्रभाव पनि कमजोर देखिन्छ । सुझबुझपूर्ण राजनीतिमा पनि दख्खल देखिन्न । जिल्ला सभापतिको रुपमा काम गरेको अनुभव बाहेक यहाँको राजनीतिमा उनले उल्येख्य काम गरेको देखिदैन ।
यद्यपी दक्षिण ललितपुरको विकाशमा पुराना नेताहरुले खासै काम गर्न नसकिरहेको अवस्थामा बुद्धरत्न जस्तो नयाँ नेताले राम्रो काम गर्न सक्ने आशा भने जिवितै छ । रवि लामिछाने र वालेनको पार्टीको देशव्यापी प्रभाव ललितपुरमा समेत राम्रो परेको छ । एक पल्ट बुद्धरत्नलाई मौका दिन दक्षिण ललितपुरका केही जनता तयार भएर बसेका छन् ।
राजनीतिमा जित र हार भइ नै रहन्छ । बुद्धरत्नले दक्षिण ललितपुरका जनतालाई पक्कै पनि प्रभावित बनाएका छन् । उनको जीत सुनिश्चित छ भन्ने अवस्था नरहे पनि नेपाली काँग्रेस र नेकपा एमालेको थुप्रै भोट काट्ने क्षमता राख्छन् । उनले काटेको भोटको संख्याले नै दक्षिण ललितपुरको प्रभावशाली नेताको जन्म हुने पक्का छ । भन्न सकिन्न दक्षिण ललितपुरले बुद्धरत्नजस्तो नयाँ नेता पाउने सम्भावना टरेको छैन ।








प्रतिक्रिया