ललितपुर
ललितपुर क्षेत्र १ मा नेपाली कांग्रेसका उदयशम्शेर जबरा प्रतिनिधि सभा सदस्यको मतपरिणाम प्राप्त अनुसार अग्रता लिएका छन् ।
काँग्रेसका जबराले १ हजार ५ सय ५१ म्त पाएका छन् । दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७ सय १० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५ सय ९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १ सय ६८ मत पाएका छन् ।
ललितपुरको बज्रवाराहीमा भइरहेको मतगणना स्थलमा अहिले नेपाली काँग्रेसका कार्यकर्ताको भीड छ । दक्षिण ललितपुरको वागमती गाँउपालिकाबाट मत गणना सुरु भएको हो ।








प्रतिक्रिया