काठमाडौं
आजबाट ’भक्तपुर फिल्म महोत्सव’ शुभारम्भ भएको छ । नवीन सुब्बाको निर्देशनमा बनेको चलचित्र ’गाउँ आएको बाटो’ देखाउँदै यो महोत्सव सुरु भएको हो ।
भक्तपुरका युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गरेको हो ।
चैत ७ सम्म आयोजना हुने यो महोत्सवमा २४ चलचित्र देखाइनेछन् ।
महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्महरु महोत्सवमा देखाउने तालिका रहेको छ ।
महोत्सवको पहिलो दिन ‘ढोरपाटन’का निर्देशकद्वय सुनीर पाण्डे र राजन कठेत, चलचित्र समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमिल्सेना, निर्माता अनुप पौडेल, सिनिमेटोग्राफर बबिन दुलाललगायत उपस्थित थिए ।
भक्तपुर जन्मथलो भएकै कारण यसको आवश्यकता ठानेर भक्तपुरमा यो महोत्सव सुरु गरिएको संयोजक सफल वैद्यले बताए । ’भक्तपुर हाम्रो जन्मथलो । भक्तपुरमा केही गरौं भन्ने थियो । त्यसैले हामीले यो महोत्सव सुरु ग¥यौं,’वैद्यले भने । वैद्य चलचित्रका विद्यार्थी हुन् । महोत्सव निर्देशक भने किरण किलम्बु हुन् ।








प्रतिक्रिया