२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


तीन नयाँ नेपाली चलचित्रको प्रर्दशन आजबाट सुरु



आजबाट तीन नयाँ नेपाली चलचित्रको प्रर्दशन सुरु भएको छ ।
नयाँ चलचित्रहरु मालती मंगले, लालीबजार र गुरुआमा एकसाथ चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको हो ।

चलचित्र ‘लालीबजार’को प्रर्दशन रोक्न उच्च अदालत पाटनमा रिट परेपछि गएको शुक्रबार ( वैशाख १८ ) गते यो चलचित्रको प्रर्दशन स्थगित भएको थियो । गत बुधबार अदालतले प्रर्दशन अनुमती दिएपछि निर्माण पक्षले आजबाट प्रर्दशन सुरु गरेका हुन् ।
अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र ‘लालीबजार’ बादी समुदायको विषयमा चलचित्र निर्माण गरिएको र समुदायको बदनाम गरिएको भन्दै रिट निवेदन परेको हो ।

चलचित्र प्रर्दशन सुरु भएसँगै हलहरुले ‘लालीबजार’लाई १ सय २०, ‘मालती मंगले’लाई १ सय ३ र ‘गुरुआमा’लाई ७१ शो दिएका छन् ।

विजय बराल, वर्षा राउतजस्ता लोकप्रियकलाकारको अभिनय रहेको चलचित्र ‘मालती मंगले’ भने प्रेमकथामा आधारित चलचित्र हो । लालीबजार र ‘मालती मंगले’ दुबै यौन मनोविज्ञानमा आधारित चलचित्र हुन् । यी दुबै चलचित्रले राजधानीमा प्रिमियर शो गरेका छन् । दुबै चलचित्रलाई सहभागीहरुले उत्कृष्ट भन्द्र प्रतिकृया दिएको सुनिन्थ्यो ।

आजबाटै नेपालका हलहरुमा बलिउडका चलचित्र ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’ पनि प्रर्दशन हुने भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।