३ असार २०८३, बुधबार | Wed Jun 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महाकालका अध्यक्ष केसीले बजेट नपाएपछि प्रदेस सरकारलाई दिए श्रद्धाञ्जली



ललितखबर
दक्षिण ललितपुरको महाकाल गाँउपालिकाका अध्यक्ष गणेश केसीले वागमती प्रदेश सरकारले पालिकालाई बजेट विनियोजन नगरेपछि श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पालिका अध्यक्ष केसीले -हार्दिक श्रद्धाञ्जली बागमती सरकार जुन जोगी आए पनि कानै चिरिएको। विकल्प छै- भन्दै सरकार विरुद्ध लेखेका छन् । गएको असार १ गते प्रदेस सरकारले बजेट ल्याएको थियो ।


पछिल्लो समय उनी सम्बद्ध नेपाली काँग्रेसका सासंद इन्द्र बहादुर बानियाँ मुख्यमन्त्री छन् ।


आफ्नै पार्टीका नेता मुख्यमन्त्री हुँदा समेत बजेट नपत्याएको भन्दै पछिल्लो समय आलोचना भइरहेको छ । सरकारलाई नै पदीय मर्यादा विर्सेर पालिका अध्यक्ष केसीले श्रद्धाञ्जली दिएपछि विभिन्न कोणबाट टिप्पणी गर्न थालिएको छ ।

https://www.youtube.com/@lalitkhabar


उनले सामाजिक सञ्जालबाटै सरकारलाई श्रद्धाञ्जली दिएको विषय अहिले ललितपुरको राजनीति बृत्तमा चर्चाको विषय बनेको छ । अध्यक्ष केसीले विकासको सवालमा ललितपुरमा राजनीति हुने गरेको र दक्षिण ललितपुरको राजनीतिका कारण यस्तो भइरहेको ललितखबरलाई प्रतिकया दिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।