१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको माल्टामा राष्ट्रपति कप भलिबल सुरु


१६ माघ २०७६, बिहिबार  

0
Shares

उद्घाटन खेलको उद्घाटन समारोहमा वल हस्तान्तरण गर्दै अध्यक्ष विरबहादुर लोप्चन ।

१६ माघ ०७६, माल्टा । दक्षिण ललितपुरको बागमती गाउँपालिकामा पहिलो राष्ट्रपति कप रनिङ शिल्ड भलिवल प्रतियोगिता शुरु भएको छ । बागमती गाँउपालिका अध्यक्ष बिरबहादुर लोप्चनले माल्टास्थित कालीदेवि मावि स्कूलपरिसरमा उद्घाटन गर्नुभयो ।
प्रतियोगिताका खेलहरु शुक्रबार पनि जारी रहनेछ ।

उद्घाटन खेलमा सहभागी गाँउपालिका अध्यक्ष लोप्चनलगायत ।

भलिवल प्रतियोगितामा जनक माबि गिम्दी, नारायणी माबि गिम्दी बिद्याधिश्बरी माबि आश्राङ्ग, कालिदेबि माबि प्युटार र काली देबि माबि माल्टाको सहभागिता छ । भलिबल खेल लिगको आधारमा खेलाइने गाँउपालिकाका प्रेस संयोजक दिपक समिरले बताउनु भयो ।
विहीबारको उद्घघाटन खेल जनक माबि गिम्दि र काली देबि माबि माल्टा बिच भएको थियो । यो खेल कालीदेवि माविका विरुद्ध जनक माबिले जित हासिल गरेको छ ।
दक्षिण ललितपुरमा खेलकुदको विकाशका लागि गाउपालिकाले निरन्तर विभिन्न खेलहरुका प्रतियोगिता गरिरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।