करिव ३ बर्षअघि बन्द भएको ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा आजबाट पुनः सञ्चालनमा आएको छ ।
चलचित्र भवन अत्याधुनिक प्रविधिसहित आठवटा स्क्रिन सञ्चालनमा आएको हो ।
२०५२ सालदेखि सञ्चालनमा रहेको यो चलचित्र भवन अब देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स को व्यवस्थापनमा सञ्चालन हुन्दैछ ।
नयाँ गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका आठवटा हल छन्। हलहरूमा जिडिसी सर्भर, जेबिएल स्पिकर, डीटीएस एक्स साउन्ड सिस्टम, बार्को टुके लेजर प्रोजेक्टर र गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ।
दर्शकको सहजताका लागि सबै हलमा प्रिमियम सोफा सिट, पूर्ण वातानुकूलित व्यवस्था, आकर्षक लबी तथा हिमालयन जाभा कफीसहित विभिन्न परिकार र स्न्याक्सको सुविधा उपलब्ध गराइएको छ।








प्रतिक्रिया