२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गल्छी गाउँपालिकाले दियो धुर्मुस सुन्तलीको रङ्गशालालाई १०० टिपर बालुवा


१९ माघ २०७६, आइतबार  

0
Shares

१८ माघ ०७६, धादिङ । धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।
गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिनुभयो । सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो । गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

रतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । रङ्गशालामा रु ५० करोड सङ्कलन गर्ने लक्ष्यका साथ आइतबारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ । रु दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ०८ बजे