२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा अर्गानिक कृषि मेला अवलाेकन गर्नेकाे भिड


१९ माघ २०७६, आइतबार  

0
Shares

१९ माघ ०७६, ललितपुर । ललितपुरको पाटन संग्राहलयमा गत माघ १७ गतेदेखि सुरु भएको अर्गानिक कृषि मेलामा उल्लेख्यमात्रामा कृषकदेखि कृषि क्षेत्रमा सरोकार राख्नेहरुको उल्लेख्य संख्याहरुले अवलाेकन गरेका छन् । त्यस्तै मुलुकलाई अर्गानिक उत्पादन केन्द्रको रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएर सुरु भएको मेलामा अर्गानिक कृषि उत्पादन प्रदर्शनीमा राखिएको छ । अर्गानिक एशोसियसन नेपाल र कञ्जनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले मेलाको आयोजना संयुक्तरुपमा गरेको हो । मेलामा अर्गानिक उत्पादनका लागि ५० भन्दा बढि स्टलहरु ब्ववस्था गरिएको छ ।

 त्यस्तैगरि  बिश्व बजारमा अत्याधिक माग रहेको अर्गानिक उत्पादन मात्रा बढाउन सक्ने विश्व बजरामा बजारीकरणको समस्या नभएको अर्गानिक एशोशिएन नेपालका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।

नेपालमै उत्पादन भएका अर्गानिक चिया, मह, तरकारी तथा हस्तकलाका सामाग्री राखिएको स्टलमा पुगेर सर्वसाधारणले जानकारी लिने तथा खरिद गर्ने समेत गरिरहेका छन् । नेपाली अर्गानिक उत्पादनको प्रवद्र्धन र सर्वसाधारणमा यस्ता उत्पादनको महत्वको बारेमा चेतना अभिवृद्धि गर्नका लागि मेलाको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । मेला माघ २० गते सोमबार समापन हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : १० बजे