२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागढुंगा सडक खणडमा दुई हप्ता सवारी नचल्ने


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

०५ फाल्गुन ०७६,काठमाडौं । काठमाडौं उपत्यका भित्रने र बाहिरिने प्रमुख नाकाको रुपमा रहेको नागढुंगा सडक खण्डको स्तरउन्नतीको काम भइरहेको हुँदा दुई साता देखि सवारी आवतजावतमा समस्या देखा परेको छ ।
डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको छ । करिब २२ सय मिटर लम्बाईमा कालोपत्रे थप्ने काम दुई हप्तासम्म लाग्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया लगायतले शनिबार त्यस क्षेत्रको अनुगमन गरेका थिए । त्यस क्रममा मन्त्री नेम्वाङले यात्रु र यातायात सबैलाई मध्य नजर गरेर समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।

त्यस्तैष्रि महानगरीय ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकालले १०र१२ मिनेटसम्म एकतर्फी सवारी रोक्ने र पुनः १०र१२ मिनेट अर्कोतर्फीको सवारी रोकेर अवातजावत गराउने काम भइरहेको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।