४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बैतडीमा राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन


१२ फाल्गुन २०७६, सोमबार  

0
Shares


१२ फाल्गुन ०७६,बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने हुनुभएको छ । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तैगरी राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्राबासको उद्घाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउन लाग्नुभएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ३४ बजे