२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


होली, महोत्शव,नमाउन ललितपुर प्रशासनको अनुरोध


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

२२ फाल्गुन ०७६,ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट सावधानी अपनाउन अनुरोध गरेको छ।

हिजो बुधबार कार्यालयले सूचना निकालेर होली नमनाउन तथा जात्रा, भोजभतेर, महोत्सवको आयोजना नगर्न अनुरोध गरेको हो।

लगतै नजिकिएको होली पर्वमा पानी तथा फोहोरा नखेल्न रनखेलाउन, तथा मेला महोत्हव कार्यक्रम आयोजना गरी ठूलो संख्यामा मानिसको जमघट नगर्न र नगराउन, भोज(भतेर, जात्रा, आयोजना नगर्न रनगराउन सम्बन्धित सबैमा आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जारी गरेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

https://www.youtube.com/@lalitkhabar

त्यस्तैगरी निरन्तर रुघाखोकी, ज्वरोको संक्रमण, निरन्तर टाउको दुख्ने तथा घाँटीमा समस्या देखिएमा स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।ुयस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गराउनु हुन तथा यसबाट विचलित र हतास नभई संयमता, सावधानी र रक्षात्मक उपाय पनि अपनाउनु हुन अनुरोध गरिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।