१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सासंद सिलवालले दिए राम मन्दिरलाई २५ लाख


२६ फाल्गुन २०७६, सोमबार  

0
Shares

कार्यक्रममा सहभागी सासंद सिुलवाल र मुलआयोजक समितीका अध्यक्ष राज घिमिरे र १०८ भागवत संकल्पकर्ता मुमुक्षु उद्धव शर्मालगायत ।

२६ फागुन ०७६, गोदावरी । ललितपुर गोदावरीमा जारी श्रीमद भागवत महायज्ञमा सहभागी ललितपुरका सासंद नवराज सिलवालले राम मन्दिरपरिसरमा निर्माण हुने दिवा सेवा केन्द्रलाई २५ लाख बजेट दिने घोषणा गर्नु भएको श्रीमद् भागवत महायज्ञ आयोजक कमिटीमा अध्यक्ष राज घिमिरेले ललितपुर खबरलाई बताउनु भयो ।
गतबुधबारबाट गोदावरी नहरमा शुरु गरिएको श्रीमद् भागवत महायज्ञमा सासंद सिलवाल सहभागी भएर सासंद विकाश कोषबाट यो रकम दिने घोषणा गर्नु भएको हो ।
साथै कार्यक्रममा यज्ञकुमारी,रम्ने सिलवाल,बाबुमैया सिलवाल,स्व.अर्जुन सिलवालको तर्फबाट रु.५० हजार ५ सय ५ रुपैयाँ संयुक्त रुपमा दान गर्नुभएको छ ।
गोदावरी ३ तान्चिन्टार निबासी ब्यवसायी धिरज रम्तेलले रु.१,५१,१११ र गोदावरी २ निबासी जि एस राईले रु.२,५१,१११ दान गर्नु भएको छ । राजाराम सिल्वालका आमा ९४ बर्षका खुगकुमारी सिल्वालको तुलादान समेत गर्नुभयो ।
फागुन २९ गते सप्ताह महायज्ञका दिन जेष्ठ नागरिक भवनको जग पुजा को कार्यक्रम रहेको महायज्ञ मुल समारोह समितीका अध्यक्ष मनोहर सिल्वालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।