२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोना भाइरसको कारण गोदावरी नगरले स्थापना दिवस नमनाउने


२७ फाल्गुन २०७६, मंगलबार  

0
Shares

२७ फागुन ०७६, चापागाँउ । गोदावरी नगरपालिका स्थापना भएको आजबाट चार वर्ष शुरु भएको छ । स्थापना दिवसको अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले सम्पूर्ण नगरवासीको सुख र शान्त्तिको कामना गर्नुभएको छ ।

चीनको वुहानबाट विश्वभर फैलिँदै गरेको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणलाई मध्यनजर गर्दै सो नगरपालिकाले आफ्नो स्थापना दिवसको दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने महर्जनले बताउनुभयो । उहाँले सदैव आफूलाई साथ र सहयोग गर्ने जनताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

“नमूना नगर बनाउन वडास्तरीय योजना धमाधम अघि बढाइरहेका छौँ”, महर्जनले भन्नुभयो, “नगरवासीको शिरलाई उच्च बनाउने काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।” सो अवसरमा नगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।