२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्तिराजपथ र  भीमफेदी–कुलेखानी  सडक अवरुद्ध


४ असार २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

४ असार ०७७, काठमाडौं । भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभयो ।

त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सात दोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ । कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिनभुयो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।