१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


निर्णय सच्याउदै रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा


२४ असार २०७७, बुधबार  

0
Shares

निमाृणाधिन रातो मच्छिन्द्रनाथको रथ । तस्विर ः ललितपुर खबर

२४ असार ०७७, पाटन । रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले आज एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्काे साइतमा हुने जनाएको हो ।
संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा आज हस्ताक्षरित पत्रमा “गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट मिति २०७७ ।३।२३ गते सरोकारवालालाई प्रेषित पत्रमा अन्यथा हुन गएकोमा सच्याइएको छ”, भनिएको छ । संस्थानले उक्त पत्रमा रातो मच्छिन्द्रनाथको रथारोहण अर्काे साइतमा हुने व्यहोरा सरोकार पक्ष सबैमा जानकारीका लागि अनुरोध गरिएको भनी सूचना दिएको छ ।
यसअघि रथारोहण साइत आजका लागि तोकिएकामा देशको समय र परिस्थितिका कारण मङ्गलबार नै स्थगन भएको सूचना दिई कार्यक्रम रोकिएको थियो । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । मच्छिन्द्रनाथ रथयात्रा र भोटोजात्रा काठमाडौँ उपत्यकाकै लामो जात्राका रुपमा लिइन्छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।