२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेपाल आइडलको विजेता घोषणा कार्यक्रम भएन


१३ भाद्र २०७७, शनिबार  

0
Shares

१२ भदौं ०७७,काठमाडौं । एक व्यक्तिलाई कोरोना संक्रमण  भए पछि शुक्रबार राती हुने नेपाल आइडल घोषणाको औपचारिक कार्यक्रम स्थगित भएको छ ।
उनलाई विहीबारबाट नै ज्वरो आएको बुझिएको छ । उनी विहीबार नेपाल आइडलको कार्यक्रममा सहभागी भएकाले आइडलको कार्यक्रममा सहभागीहरु शुक्रबार साँझ थापाथलीस्थित नेपाल आइडलको स्टुडियो अगाडि चिन्तित मुन्द्रामा थिए ।
विहीबार रेकर्ड गरिएको कार्यक्रम शुक्रबार देखाउने र विजेता घोषणा कार्यक्रम लाइभ देखाउने योजना भए पनि कोरोना संक्रमण फैलिएको त्रासका कारण कार्यक्रम आयोजना नै भएन ।
शुक्रबार कार्यक्रमको अन्त्यमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर शाहले विजेता घोषणा गरेका थिए ।
कार्यक्रममा सहभागीहरु न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र लगायत नेपाल आइडल, फस्ट रनर अप र सेकेण्ड रनर अप आइसुलेसनमा जानु पर्ने भएकाले शुक्रबारको कार्यक्रम हुननसकेको बताइएको छ ।
नेपाल आइडल सज्जा चौलागाई जितेकी छिन् । फस्ट रनर अप प्रविण बेडुवाल भ एभने सेकेण्ड रनर अप किरण कुमार भुजल भए ।

प्रेस काउण्सिलले जारी गरेको नयाँ आचार संहिता विपरित यस समाचारमा कोरोना संक्रमण सम्बन्धि विषयमा एक व्यक्तिको नाम भूलवश पर्न गएकोमा गल्ती सच्याउदै क्षमा माग्दछौं । सम्पादक

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।