काठमाडौँ
अभिनेत्री रेखा थापाले नयाँ चलचित्र काउकुती निर्माण गर्ने भएकी छिन् । रेखाले गएको सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर०मा विशेष पूजाआजा गरेकी थिइन् र मंगलबार औपचारिक घोषणा गरेकी हुन् । रेखाको यो फिल्म आफ्नो ब्यानरको ८ औं चलचित्रको रूपमा रहनेछ ।
चलचित्र श्रद्धा प्रसाईंले निर्देशन गर्दैछिन् । श्रद्धा पछिल्लो समयको चर्चित कमेडी शो कमेडी दरबारुकी निर्देशक हुन् । साथै श्रद्धाले पछिल्लो समय ककाकिकी चलचित्र समेत निर्देशन गरिसकेकी छिन्, त्यो चलचित्र रिलिज हुन बाँकी छ ।
चलचित्र रेखाको मुख्य अभिनय रहनेछ भने मुख्य अभिनेतामा नवअभिनेतालाई भित्राउने तयारी गरिएको छ । चलचित्र विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन् । चलचित्र नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ । बलराम रेखाका श्रीमान् समेत हुन् ।
आगामी असोजमा छायांकनको तयारी गरिएको यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । चलचित्रको एउटा गीत चर्चित र्यापर लिल झोला आकाश क्षेत्रीले गाउने जनाइएको छ ।








प्रतिक्रिया