२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लक्ष्मी बैकको अध्यक्षमा नेपाल


१७ भाद्र २०७७, बुधबार  

0
Shares


१७ भदौं ०७७, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आजको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै(बुधबार) नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको शपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषका तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।