३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनका १९ संघ संगठनद्वारा पुल्चोक घटनाको खेद प्रकट


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

रथ तान्नेक्रममा सुरक्षाकर्मीबाट पानीको फोहोरा । तस्बिरः रत्न श्रेष्ठ/रासस

लपु संवाददाता
१९ भदौं ०७७, ललितपुर । पाटनका विभिन्न १९ जातीय संघ संघठनले विहीबार पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने प्रयासको विरोध गरेका छन् ।
विभिन्न जातीय संगठनहरुद्वारा विज्ञप्ती प्रकाशित गरेर असम्बिन्धित व्यक्तिहरुले आधिकारिक निर्णयविना रथ तान्ने प्रयास गरेको भन्दै खेद प्रकट गरेका हुन् ।
विज्ञप्तीमार्फत यस अघिको बैठकले मलमास अघि नै रथका सबै प्रकृया पु¥याउने भद्र सहमती भएको उल्येख गर्दै गुठी संस्थान र विज्ञहरुसँग परामर्स गरि निस्केको निचोडलाई खलः पुचः बाट पारित गर्ने कार्यक्रम रहेको भद्र सहमती रहेको जानकारी दिएको छ ।


साथै विज्ञप्तीमार्फत रथ तान्ने तालिका समेत प्रकाशन गरेका छन् । यस बर्ष रथ भएकै स्थानमा सबै प्रकृया पु¥याउने कार्यक्रम तय गरिउको छ । तालिकामा उल्येख भए अनुसार शुक्रबार स्थानीय प्रशासनले कफर््यु लगाएको दिन क्षमा पूजा हुनेछ । आइतबार सोह्रखुट्टेसम्म रथ लैजाने कार्यतालिका छ ।
सोमबार साइत हेर्ने र साइत अनुसार रथ बुङ्गमती लैजाने कार्ययोजना छ । साइत सम्भवतः २६ गते निस्कने छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।