१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका सवारीसाधनको ढोकामा अनिवार्य स्यानिटाइजर हुनुपर्ने’


२५ भाद्र २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

२५ भदौं ०७७, ललितपुर । दक्षिण ललितपुरमा चल्ने हरेक सवारी साधनको ढोकामा अनिवार्य रुपमा स्याटिनाइजर राख्नु पर्ने नियम लगाइने भएको छ ।
ललितपुर जिल्ला गाउँपालिका अध्यक्ष फोरमको बैठकले कोञ्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिका प्रवेश गर्ने हरेक सवारीसाधनको ढोकामा अनिवार्य रुपमा स्याटिनाइजरको व्यवस्था गर्नुपर्ने निर्णय गरेको हो ।
दक्षिण ललितपुरका तीन गाउँपालिकाका अध्यक्ष सम्मिलित कोञ्ज्योसोम गाँउपालिकामा आज(विहीबार) बसेको चौँथो बैठकले दिनानुदिन कोरोना महामारी सङ्क्रमण बढ्दै गएको अवस्थालाई विचार गरेर उक्त निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।
विज्ञप्तिमा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिका प्रवेश क्षेत्र विर्खेधारा, शङ्खु सडकखण्डको भैरव गण अगाडि र नल्लु भञ्ज्याङमा दुवै गाउँपालिकाको साझेदारीमा सिसि टिभी क्यामरा जडान गर्ने निर्णय गरेको उल्लेख छ ।
फोरमले तीन वटै गाउँपालिका क्षेत्रभित्र शुक्रबारदेखि लागु हुने गरी सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दूरी कायम गर्ने, यात्रु र सवारी चालकले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, खाद्यान्नलगायत अन्य पसलको हकमा भौतिक दूरी कायम गरी बिहान ६ः०० देखि बेलुका ७ः०० बजेसम्म सञ्चालन गर्न दिने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।