१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आउदै


१५ आश्विन २०७७, बिहिबार  

0
Shares


१५ असोज ०७७,ललितपुर । सानिमा जनरल इन्स्योरेन्सले यही असोज २१ गतेबाट सर्वसाधारणको लागि आईपीओ बिक्री गर्ने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा असोज २५ गतेसम्म भर्न पाइनेछ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । सानिमा जनरल इन्स्योरेन्सले निश्काशन गर्न लागेको जम्मा शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बिक्रि हुँदै छ । सर्वसाधारणले कम्तिमा १० कित्ता र धेरैमा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
अहिले कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुनेछ ।

यद्यपी पछिल्ला दिनहरुमा शेयर भर्ने सर्वसाधारणको संख्या बढ्दै जान थालेपछि थोरै मात्रामा सर्वसाधारणले शेयर पाउने सम्भावना छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले आस्वा सेवा भएको बैंक र बैंक संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।