२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर लेले काभ्रेका एक पुरुष मृत फेला


१८ कार्तिक २०७७, मंगलबार  

0
Shares

मृतक माइला तामाङ्गको शव भेटिएको उनको घर । ललितपुर खबर

लपु संवाददाता
१८ कात्तिक ०७७,लेले । ललितपुर लेले काभ्रेका ३८ बर्षिय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । साँझ ७ बजे आफ्नै घरमा माइला घलान मृत अवस्थामा फेला परेका हुन् ।
मृतक घलानसँग गतसोमबार आफ्नो झगडा परेको उनकी श्रीमती सुनमायाँ तामाङ्गले पुष्टि गरिन् । उनले भनिन्, ‘रक्सि खाएर आएपछि ढाडमा र पिडुलामा दाविला हानेको हो ।’ मनमायाँ तामाङ्गले माइला तामाङ्गको मृत्यअघि पनि आफूले एक थप्पड लगाएको जानकारी दिइन् ।
लामो समय समयदेखि घलानको परिवारमा झैंझगडा हुने गरेको उनका आफन्त प्रकाश तामाङ्गले बताए । २७ महिनाअघि मृतक माइलाले प्रहरीमा जाहेरी समेत दिएका थिए । तामाङ्गले भने,‘सम्बन्धका विषयमा बारम्बार झगडा हुने गरेको थियो ।’
छोरी सुस्मिता घलानले मंगलबार विहान आफ्ना बुवा पेट दुख्यो भन्दै समातेर हिडेको बताइन् ।
मृतकको दाजु श्याम तामाङ्गले महानगरिय प्रहरी बृत्तमा जाहेरी समेत दिएको बुभिएको छ ।
मृतक घलानका १६ बर्षकी छोरी सुस्मिता घलान, १३ बर्षका सुशील घलान नाम गरेका छोरा छोरी छन् ।
महानगरिय प्रहरी बृत्त चापागाँउबाट गएको प्रहरी निरिक्षक राजन लम्सालसहितको टोलीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पाटन अस्पताल लगेको छ । प्रहरी निरिक्षक राजन लम्सालले मृतकको साथबाट तरकारीमा राख्ने विषको सिसि भेट्टाएर अनुसन्धानका लागि लगेको जानकारी दिए । लम्सालले भने,‘घटनाको सम्बन्धमा उजुरी परेको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’
मंगलबार साँझ मृतकका दाजुलाई पोष्टमार्टम रिपोर्ट आएको र अनुसन्धान पुरा भएको जनाई लास जलाउनका लागि पत्र दिइएको छ ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।