१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माहाकालमा पार्टी एकताका क्रममा वडा कमिटी निर्माण


२३ कार्तिक २०७७, आइतबार  

0
Shares


२३ कात्तिक ०७७, गोटीखेल ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिकामा नेकपाको पार्टी एकताको क्रममा पार्टी वडा कमिटिहरु बनाइएको छ । नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हरि दाहालको प्रमुख आतिथ्यतामा महाकाल गाउपालिका ६ ठुलादुर्लुङमा र वडा नं.३ गोटिखेलका वडा कमिटिहरु निर्माण गरिएका हुन् ।
महाकाल गाउपालिका ६ ठुलादुर्लुङ वडा कमिटि अध्यक्षमा मिठाराम जमकटेल र सचिवमा अशोक दुलाल चयन भएका छन् भने महााकाल वडा नं.३ गोटिखेलमा षडानन्द शर्माको नेतृत्व युवराज तिमल्सिना सचिब रहने गरी २३ सदस्यीय कमिटी गठन भएको छ ।
शनिबार र आइतबार ती कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण समेत गरिएको छ । कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य तथा १ नं क्षेत्रीय कमिटि इन्चार्ज मधुसुदन पौडेल, संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसद लालाकुमारी पुन सुशीला लगायतको उपस्थिति थियो ।
केन्द्रमा पार्टी फुट्ने हल्ला चलिरहेको बेला सुदुर ललितपुरको महाकाल गाउपालिकामा भने एकताका कमिटी गठन हुनुले स्थानीय क्षेत्रमा राम्रो काम भएको भन्दै कार्यक्रममा बक्ताहरुले विचार राखेका थिए ।

 

 

ब्म

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।