१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा गणेशमान स्मृती ज्येष्ठ निःशुल्क उपचार कोष स्थापना


२५ कार्तिक २०७७, मंगलबार  

0
Shares


२५ कात्तिक ०७७, ललितपुर । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ ।
ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज सो कोष स्थापनाको घोषणा गरेको हो । कोष स्थापनाको शुभारम्भ गर्दै पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आफूले एक महिनाको तलब त्यसमा राख्ने घोषणा गरे ।
नेपाली काँगे्रसको नेता समेत रहेका सिंहले गणेशमान ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क स्वास्थ्यलगायत सेवा दिनुपर्ने पक्षमा रहेकाले अस्पताल यो सेवा शुरु गर्दा सर्वोच्च नेताप्रति सच्चा श्रद्धासुमन हुने बताए ।
हस्पिटलका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले छोराछोरी विदेश वा स्वदेशमै रहेपनि बाबुआमाभन्दा टाढा रहनेका लागि निःशुल्क उपचार कोषले सहयोग गर्ने बताए । ज्येष्ठ नागरिकका लागि अस्पतालले छिट्टै आयुर्वेद स्वास्थ्य सेवासमेत उपलब्ध गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।