४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मंसिर २० बाट गोदावरी नगरका स्कूल खुल्ने


११ मंसिर २०७७, बिहिबार  

0
Shares

टौखेलस्थित किटिनी स्कूल

ललितपुर खबर
११ मंसिर ०७७, चापागाँउ । यही मंसिर २० गतेबाट मध्यललितपुरको गोदावरी नगरका स्कूलहरु सञ्चालनमा आउने भएका छन् । गोगरपालिकाले विहीबार सूचना प्रकाशित गरेर स्कूल सञ्चालनमा ल्याउन आह्वान गरेसँगै यस नगर क्षेत्रका स्कूलहरु सञ्चालनमा आउने भएका हुन् ।

हेर्नुस् सूचना ः

 

गोदावरी नगरले विहीबार प्रकाशित गरेको सूचना ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत कोरोनाको सन्दर्भमा जारी गरिएको स्कूल सञ्चालन सम्बन्धि कार्यढाचा २०७७ मा उल्येखित प्रावधानहरुलाई पूर्ण पालना गर्दै विद्यालय सञ्चालन गर्नु पर्ने सूचनाका उल्येख छ । साथै सूचना अनुसार गत मंसिर ७ गते गोदावरी नगरपालिकाको बैठकबाट निर्णय अनुसार सूचना जारी गरेर विद्यालय सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  २ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।