२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा आइरन निकाल्न विर्सदा आगलागी


१३ पुस २०७७, सोमबार  

0
Shares


१३ पुस ०७७, पाटन । ललितपुरको पाटनमा आइतबार राती एक टेलरमा कपडामा आइरन गलाएर निकाल्न विर्सदा आगागी भएको छ । ललितपुर महानगरपालिका १० ज्वागलस्थित टेलर संचालक ललितपुर बस्ने ३२ वर्षीय नवाज सरीफले आइरन जोडी सटर बन्द गरी गएकोले आइतबार राति आगलागी भई पसलभित्र रहेका सामानहरु जलेर नष्ट भएको छ । पसलमा आगोलाग्दा करिब ७ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
राती नै स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

ककनीको रातमाटेमा बृद्ध मृत अवस्थामा
नुवाकोट, ककनी गाउँपालिका १ रातोमाटेस्थित खोल्चामा रसुवा नौकुण्ड गाउँपालिका ३ घर भई हाल सोही ठाउँस्थित लेवर काम गर्ने ५५ वर्षीय लासवाङ्दी तामाङ आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं महानगरपालिका ५ कालोपुल लामो गल्ली डेरा गरी बस्ने धादिङ धुनिबेसी नगरपालिका २ घर भएका ३० वर्षीय श्रीकृष्ण सापकोटाको कोठाबाट कोही नभएको आवस्थामा करिब ७ लाख २० हजार रुपैयाँ मूल्य बराबरका सुनका विभिन्न गहनाहरु आइतबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्राफिक नियन्त्रण तालिम सम्पन्न
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि संचालित १३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा मंगलबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।
तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज तुल्याउन तालिममा सिकाइएको ज्ञान, सिपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई निर्देशन दिएका थिए ।
कात्तिक १८ गतेबाट संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५३ गरी कूल ५७ जना प्रशिक्षार्थीहरुले तालिम सफलतापुर्वक हासिल गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक शेर बहादुर चन्दले जानकारी दिए ।
चन्द्रगिरीमा लागु औषधसहित २ पक्राउ
चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध १ हजार २ सय एम्पुल डाइजेपाम, १ हजार २ सय एम्पुल फेनारगन र १ हजार २ सय एम्पुल नुफिन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट कटहरिया नगरपालिका(१ घर भएका २२ वर्षीय गोबिन्द प्रसाद यादब र भारत बिहार मोतिहारी घर भएका २३ वर्षीय साहेबलाल यादब रहेका छन् । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ३१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गोबिन्द र साहेबलालले सिट मुनी लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
भिमसेन गोलामा लागु औषधसहित २ पक्राउ
काठमाडौं काठमाडौं महानगरपालिका ३१ भिमसेनगोला भत्केको पुलबाट नियन्त्रित लागूऔषध ४१ एम्पुल फेनारगन,४१ एम्पुल नुफिन र ४१ एम्पुल डाईजोपाम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी बर्दघाट घर भई काठमाडौं गौशला बस्ने २७ वर्षीय विवेक केसी र झापा घर भई काठमाडौं बत्तिसपुतली बस्ने १७ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : २६ बजे