५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इंग्लिस प्रिमियर लिगः चेल्सी र एस्टोन बराबरीमा


१४ पुस २०७७, मंगलबार  

0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेस्टर सिटी बराबरीमा रोकिएका छन्। चेल्सीलाई एस्टन भिल्लाले बराबरीमा रोक्दा लेस्टर सिटीले क्रिस्टल प्यालेससँग बराबरी खेलेको हो। घरेलु टिम चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो। आफ्नो अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरीमा चित्त बुझाएको हो। चेल्सीका ओलिभर जिराउडले खेलको ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर खेलको ५० औं मिनेटमा अन्वार घाजीले गोल गर्दै एस्टन भिल्लालाई १–१ गोलको बराबरी दिलाएका थिए।

प्रिमियर लिगमै भएको अर्को खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको लेस्टरले ५८ औं मिनेटमा गोल खाएको थियो। क्रिस्टल प्यालेसका विलफ्रिड जाहाले गोल गर्दै १–० को अग्रता दिलाए। तर खेलको ८३ औं मिनेटमा हार्भे बार्नसले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरी दिलाए।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।