२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेकपा ललितपुरको जुलुस कुपण्डोलबाट


१४ पुस २०७७, मंगलबार  

0
Shares

राजधानीमा मंगलबार विद्यार्थी संगठनले गरेको सरकार विरोधि प्रर्दशन । तस्विर : ललितपुर खबर

१४ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज मंगलबार) देशभर विरोध प्रदर्शन गर्दै छन् । यसै क्रममा ललितपुर नेकपाको जुलुस विहान ११ बजे ललितपुरको कोपण्डोलमा जम्मा भएर काठमाडौं प्रवेश गर्ने भएको छ । आज राजधानीको भृकुटीमण्डपमा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ललितपुरको गोदावरी, भैसेपाटी, लुभू र चापागाँउबाट सहभागी हुन नेकपाका समर्थकहरु लगनखेल पुग्दैछन् । नेकपा ललितपुरका अनुसार दक्षिण ललितपुरबाट समेत प्रर्दशनमा सहभागी हुने समर्थकहरु आउदैछन् ।
यस्तै काठमाडौं उपत्यकाका विभिन्न ११ क्षेत्रबाट सुरु हुने नेकपाले जानकारी दिएको छ । रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट जुलुस निकाल्ने कार्यक्रम छ भने जुलुस कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शाललगायत ठाँउहरुबाटबाट सुरु हुदैछन् ।
सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा हरेक दिन मसाल जुलुस र प्रर्दशन भइरहेको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ५८ बजे