१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको प्युटारमा वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता हुने


१४ पुस २०७७, मंगलबार  

0
Shares

ललितपुरको प्युटारस्थित खयरघारीमा फुटवल प्रतियोगितामा खेलाडीहरु भिड्दै फाइल तस्विर ।

१४ पुस ०७७, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ । युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिएका छन् । उनले भने, “यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पु¥याउने छ ।” प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।