२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा यौनजन्य घटनामा वृद्धि


१६ पुस २०७७, बिहिबार  

0
Shares


१६ पुस ०७७, लगनखेल । २०७७ पुस १५ गते, ललितपुरमा यौनजन्य अपराधका घटना वृद्धि भएको बताइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज आयोजना गरेको ‘ललितपुरमा मानव अधिकारको अवस्थाको वार्षिक पूर्व समिक्षा’ कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।
इन्सेक ललितपुरका प्रतिनिधि दिपकप्रसाद घिमिरेले सन् २०२० भरि यहाँ यौनजन्य अपराधका ५२, बहुबिवाह १८ र कर्तव्यजान सम्बन्धि ११ घटना दर्ता भएका जानकारी दिर्एका छन् । गतवर्ष भने यौनजन्य घटना ४१, बहुबिवाह १० र कर्तव्यजान सम्बन्धि छ घटना दर्ता भएका थिए । अघिल्लो बर्षको डाटा केलाउदा यस बर्ष यौनजन्य अपराध बढेको देखिएको हो ।
यस्ता अपराधका घटना न्यूनिकरणका लागि समुदायमा सचेतना र जागरण ल्याउने थुप्रै काम गर्नुपर्ने देखिएको ललितपुर प्रतिनिधि घिमिरेले बताए । उनले भने, “ सामाजिक जागरण ल्याउन सके समाज सुधारमा केही गतिशिलता मिल्छ ।” इन्सेकले २०४९ सालदेखि निरन्तर रुपमा वर्षभरिका मानवअधिकार उल्लङ्घन, हनन् र ज्यादतीका घटनाहरुको अभिलेख सङ्ग्रह गरी मानवअघिकार वर्ष पुस्तक समेत प्रकाशित गर्दै आएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता प्रज्जवल महर्जनले अपराध न्यूनिकरणका लागि नागरीक समाजको भूमिका सदासर्वदा महत्वपूर्ण हुने बताएका छन् । उनले भने, “फौजदारी अपराध संहिता २०७४ ले घटना दर्ता गर्न प्रहरीका तल्लो तहका कार्यालयले नमानेमा माथिल्लो निकाय वा आयोगहरुमा जान पाउने व्यवस्था गरेको छ ।” यसलाई मध्यजनर गरी अघि बढ्न र व्यक्तिगत विवरणलाई स्थानीय तहले व्यवस्थीत गर्नुपर्ने खाँचो समेत रहेको महर्जनले औल्याए ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत मिन्द्रलाल योङ्हाङले व्यक्तिगत विवरणको अभिलेख सहि ढङ्गले राख्न नसक्दा नागरीकले समयमै नागरिकता, सामाजिक सुरक्षा सम्बन्धी परिचयपत्र लगायतका विभिन्न कागजात बनाउन झन्झट व्यहोर्नुपरिरहेको मत व्यक्त गरे । उनले भने, “स्थानीय तहले आफ्नो क्षेत्रभित्र बस्ने नागरीकहरुको विवरण अद्यावधिक गर्ने र विद्यालयहरुले बालबालिकाहरुको जन्म दर्ताका आधारमा तथ्याङ्क राख्न सके निकै उपलब्धीपूर्ण रहन्छ ।”
नेपाली काङ्ग्रेसका नेता रवीन्स शर्माले समाजमूखि कानून र व्यवहारीक पक्ष नमिलेको उल्लेख गर्दै कुष्ठालेनै हिंसा बढेको दाबी गरे । उनले भने, “समाजमा अपरिपक्क कार्यशैलि बढ्दै अधिकारलाई कर्तव्यमुखि नठानिदिनाले हिंसा बढ्दै गएको देखिन्छ ।”
गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टिकाराम दाहालले मानव अधिकारको रक्षाका लागि वर्तमान सन्र्दभमा नैतिक शिक्षाको अतिनै जरुरी महसुस भएको बताए । उनले भने, “मानव अधिकार प्रवद्र्धनका लागि इन्सेक ललितपुरले अझ व्यवस्थीत र साधनस्रोत बढाउदै थुप्रै काम गर्न जरुरी रहेको छ ।”
ललितपुर महानगरपालिका कार्यपालिका सदस्य सङ्गिता अछामीले हरेक वडामा मेलमिलाप केन्द्र भए नभएको अनुगमन गरी सत्यतथ्य बाहिर ल्याउन पत्रकारहरुलाई आग्रह गरिन् । उनले भनिन्, “जनप्रतिनिधि नै अधिकार र दायित्व बारे अनविज्ञ रहेको देखिन्छ ।”
नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ललितपुरका अध्यक्ष पूर्ण महर्जनले समाजमा सकारात्मक सोचको विस्तार गर्दै जाँदा मानव अधिकारको स्वत रक्षा हुँदै जाने धारणा राखे ।
हेडकोसिन ललितपुरका संयोजक नन्दा ताम्राकारले यौन हिंसाका घटजना बढेकाले त्यसको न्युनिकरण र समाधानका लागि कानूनी र व्यवहारिक परिवर्तनको खाँचो औँल्याइन् ।
छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डेले महिला हिंसाका घटना न्यूनिकरणका लागि सहकार्यका लागि आग्रह गरिन् ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ९ : ४१ बजे