१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


युरो कप २०२१ को सही भबिष्यबाणी गर्नेले एक लाख जित्ने




२७ जेठ ०७८, काठमाडौं । यहि जुन १२ देखि आयोजना हुन लागेको युरो कप २०२१ खेलको भविष्यवाणी गरी एक लाखसम्म जित्न सकिने भएको छ । रोलिङ प्लान्स प्राइभेट लिमिटेडले प्रतियोगिता आयोजना (गेम प्रीडिक्सन) गरी अधिकतम नगद एक लाख साथै अन्य आकर्षक पुरस्कार जित्न सक्ने नयाँ योजना ल्याएकोे छ ।
सहभागी हुन चाहानेले कम्पनीको आधिकारिक फेसबुक पेजका साथै अन्य सामाजिक संजालमा गरिएको पोष्टमा कम्तिमा आफ्ना १० जना साथीहरुलाई ट्याग वा मेन्सन गरेर पुरस्कार जित्न सक्ने बताएको छ । मेन्सन गरिसकेपछी सहभागीले कम्पनीको तर्फबाट फेसबुक मेंसेन्जरमा मार्फत एउटा कोड प्राप्त गर्नेछ र यो कोड कम्पनीको वेबसाईट प्रयोग गरि सहभागीता जनाउन सकिने व्यवस्था भएको कम्पनीका भाइस प्रेसिडेन्ट रंजित थापाले जानकारी दिएका छन् । उनका अनुसार सहभागीहरुले प्रत्येक दिन कुन टिमले जित्छ ? पहिलो गोल कुन टिमको तर्फबाट हुन्छ ? कुन टिमले कति गोल हान्छ जस्ता कुरामा भबिस्यबाणी गर्न सकिने बताउका छन् ।
सहभागीले गरेको खेल भबिष्यवाणीको आधारमा प्रत्येक खेलका लागि निश्चित अंक दिने प्रावधान रहेको छ सोही अनसार अंक तालिका पनि कायम गरिने छ । अङ्क तालिकामा जुन सहभागी प्रतियोगीमा बढी अंक प्राप्त गर्नेछन उसैलाई बिजेता घोषणा गरिने व्यवस्था गरिएको थापाले जानकारी दिए ।
हरेक दिन बिजेता घोषणा गरिनेछ र बिजेताले प्रत्येक खेलको भबिष्यबाणी गरि बिजेता भए बाफत कम्पनीको तर्फबाट नगद रु. १ हजारका साथै अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने छन ।
यस प्रकियाका आधारमा प्रत्येक दिनको प्रत्येक खेलको भबिष्यवाणी गरे बाफतको अङ्क पाउने छन यसैलाई आधार मान्दै युरो कप २०२१ को फाइनल हुँदाको बखतसम्म कायम गरिने छ । यसरी अङ्क तालिकाको शीर्ष स्थानमा रहेको प्रतियोगीलाई बिजेता घोषणा गरिनेछ । युरो कप २०२१ को सिजन बिजेताले नगद रु. ३० हजार जित्ने अवसर पाउने छ भने दोश्रो बिजेताले नगद रु. ५ हजारका साथै कम्पनी तर्फबाट अन्य आकर्षक पुरस्कार पाउने ब्यवस्था रहेको थापाले बताए । प्रत्येक खेलको भबिष्यबाणीमा सहभागीले प्राप्त गरेको अङ्क तालिका अनुसार कुनै सहभागीको अङ्क समान भएमा गोला प्रथाद्वारा बिजेता घोषणा गरिने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।