२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आइतबार सुनचाँदीको भाउ घट्यो



६ असार ०७८,काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८०० थियो  भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने यो दिन प्रतितोला १५ रुपैयाँ घटेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।