२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जीवन विकास लघुवित्तको आईपीओमा झन्डै २१ लाखको आवेदन



१५ असार ०७८, काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाको आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार बेलुकासम्ममा उक्त सङ्ख्यामा तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

याे सर्वसाधारणलाई छुट्याएकाे १८ लाख ४८ हजार १५ कित्ताकाे १६.९२ गुणा हाे ।

लघुवित्तकाे शेयरमा माग भन्दा बढी आवेदन परेकाेले धिताेपत्र निष्काशन तथा बाँडफाँड  निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गाेलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तकाे शेयर पाउनेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । याे अन्तिम तथ्यांक नभएकाेले आवेदन दिनेको संख्या अझै बढ्नेछ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।