
४ असोज ०७८, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । सोमबार १ हजार ९५ जना संक्रमित थपिँदा २९५७ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
साेमबार थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । देशभर थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा पछिल्लो २४ घन्टामा तीन सय ९६ जना कोरोना संक्रमित फेला परेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ९८ जना कोरोना संक्रमित थप भए भने ललितपुरमा जम्मा ३५ जना थप भएका छन्।
भक्तपुरमा ६३ जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घन्टामा देशभर गरी कूल एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।







प्रतिक्रिया