ललितखबर
विभिन्न विवादमा फसेर प्रर्दशनमा आएको चलचित्र लालीबजारको व्यापार भने आक्रमक रुपमा अघि बढेको तथ्याङ्कले देखिएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिर्पोट अनुसार गत वैशाख २५ गतेबाट प्रर्दशनमा आएको यस चलचित्रको ९ दिनको व्यापार ३ करोड ४२ लाखभन्दा धेरै देखिएको छ । चलचित्रको आक्रमक व्यापारका कारण यो चलचित्र सुपरहिटको दिशामा अघि बढेको छ ।
गएको वैशाख ११ गतेबाट प्रर्दशनमा आएको परालको आगोको २३ दिनको व्यापार ४ करोड २२ लाख रहेको छ ।
गएको वैशाख २५ गतेबाट प्रर्दशन सुरु भएको चलचित्र मालती मंगलेले ४४ लाख ७८ हजार कमाएको छ भने सोही दिनबाट प्रर्दशन सुरु भएको चलचित्र गुरुआमाको व्यापार २८ लाख ४४ हजारमात्रै रहेको छ ।








प्रतिक्रिया