१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्रपतिले लगाइन् दशैंको टीका, कोरोनाका कारण सर्वसाधारणलाई लगाइनन्



२९ असोज ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका लगाएकी छिन् भने कोरोनाका कारण सर्वसाधारणलाई टिका लगाइनन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद लिएकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका लगाएकी छिन् ।
राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी छिन् ।
यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइनन् । कोरोना महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।