१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुदूरपश्चिममा कोरोना सङ्क्रमित शून्य




१ कार्तिक ०७८, बैतडी । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५ सय ५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४ सय ७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण प्रदेशभर ५ सय ९८ जनाले ज्यान गुमाएका छन् ।
यद्यपी बडा दशैको अवधि भएकाले परिक्षण गर्ने कम हुँदा कोरोना संक्रमण नदेखिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।